+
+
Shares

उच्च अदालत कोलकातामा दुर्गाप्रसादको सुनुवाइ सकियो, आज छुटेनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १५:१३

२ चैत, काठमाडौं । भारतीय जेलमा ४० वर्षदेखि बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को मुद्दामा सोमबार सुनुवाइ भएको छ । तर, उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले कुनै आदेश दिएनन् ।

उच्च अदालतका वकिल हिरक सिन्हाले अनलाइनखबरसँग टेलिफोन कुराकानी गर्दै दुई वा तीन दिनपछि आदेश दिने भनिएको बताए । उनले भने, ‘उहाँहरुले केही कुरा रिजर्भ राख्नु भएको छ, चाँडै निर्णय आउँछ ।’

कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी सतिश थापाका अनुसार अदालतका मुख्य न्यायाधीशले कारागारमा रहेका मानसिक समस्या भएका कैदीबन्दीहरुका लागि महत्वपूर्ण फैसला गर्ने भनेका छन् ।

अदालतले एसएसए र उच्च अदालत प्रशासनले दिएको कागज पत्रहरुले दुर्गाप्रसादको दिमागी हालत ९/१० वर्षको बच्चा जस्तो देखिएको उल्लेख गरेको छ । अदालतले भनेको छ, ‘सन् १९८०/०५/१२ मा पक्राउ परेका ती व्यक्तिले यसअघि नै ४० वर्ष हिरासतमा बिताइसकेका छन् ।  यदि आरोप एउटा मात्र थियो र आजीवन कारावासको सजाय सुनाइएको भए पनि त्यो पूरा भइसकेको छ ।’

हेर्नुस् अदालतले के भन्यो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?