+
+
Shares

४३ अंकले बढ्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १६:३४

१८ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो ।

बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाए । व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ ।

कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । समग्रमा बजार उकालो लागे पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?