२६ चैत, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । गत माघमा भएको क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपालले नै उपाधि जितेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विनितकुमारसहित ३ भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले एपीएफलाई २५-१४, २५-२०, २५-२२ को सोझो सेटमा पराजित गरेको हो ।
यसै प्रतियोगितामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपाल एपीएफसँग पराजित भएको थियो ।
नेपाल भलिबल संघको आयोजनामा भएको यस प्रतियोगितामा पुरुषतर्फ ७ टिमले प्रतिस्पर्धा गरेका थिए । जसको लिग चरणमा पहिलो र दोस्रो हुँदै हेल्प नेपाल रर एपीएफ फाइनलमा पुगेका थिए ।
हेल्प नेपालले उपाधिसंगै नगद ३ लाख रुपैयाँ पाएको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
यसै प्रतियोगिताको महिलातर्फको खेलको उपाधिका लागि न्यूडायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया 4