+
+
Shares

एमसीसीलाई संसदको बिजनेस बनाइयोस् : खगराज अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १४:०७

२७ चैत, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेस बनाउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सभामुखलाई यस्तो आग्रह गरेका हुन् । सांसद अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् ।

‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेर सभामुख महोदय तपाईं समक्ष छ’ अधिकारीले भने, ‘…यो संसदमा तीन-चार वर्ष कति वर्षसम्म लड्काउने हो ? एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको विजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?