+
+
Shares

गोरखा दरबारको पुनर्निर्माण नसकिँदा कालिका मन्दिर र रंगमहल बनाउन अन्योल

विकास मरहट्टा विकास मरहट्टा
२०७७ चैत ३० गते १५:०५

३० चैत, गोरखा । भूकम्पले क्षति पुगेको गोरखा दरबार समयमै नबन्दा कालिका मन्दिर र रंगमहलको पुनर्निर्माण अन्योलमा परेको छ । ठेक्का सम्झौता अनुसार गोरखा दरबार यसअघि नै पुनर्निर्माण भइसक्नुपर्ने थियो । तर दोस्रो पटक थप भएको म्याद गत मंसिर महिनामा सकिएपनि काम सम्पन्न भएको छैन । हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

दरबारको काम सम्पन्न नभएकै कारण कालिका मन्दिर र रंगमहल पुनर्निर्माणको काम शुरु गर्न नसकिएको अड्डा प्रमुख हरिप्रसाद भुसाल बताउँछन् । पटक–पटक आएको रकम पनि फ्रिज हुने गरेको उनले जानकारी दिए । ‘गत वर्ष पनि एक करोड रकम आएको थियो तर काम शुरु गर्न नसकेर फिर्ता गयो,’ उनले भने, ‘यो वर्ष ५० लाख आएको छ, अब यो पनि फ्रिज भएर जाने हो कि भन्ने पिर छ ।’

गोरखा दरबार पुनर्निर्माण नभएसम्म कालिका मन्दिर र रंगमहलको काम शुरु गर्न नसकिने उनको भनाइ छ । ‘चलिआएको संस्कृति र पूजाआज बन्द गरेर कालिका मन्दिर भत्काउन सक्दैनौं, त्यसका लागि अर्काे ठाउँको विकल्प खोज्नुपर्छ, दरबार बन्यो भने त्यहाँबाट पूजाआजा सञ्चालन गर्न सकिन्छ र काम लाग्ने सामानहरु भण्डारण गरेर राख्नपनि मिल्छ,’ उनले भने ।

निर्माणाधीन गोरखा दरबारको तेस्रो तलामा छाना छाउने काम शुरु भएको छ । वर्षा अगावै छाना छाउने काम सम्पन्न गर्ने तयारी भइरहेको भुसालले बताए । ‘वर्षा अगावै छाना छाइएन भने पानीले भित्रका सबै सामानहरु बिग्रन्छन्,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?