+
+
Shares

प्रतिपक्षी दलको अवरोधपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १५:३६

३० चैत, मोरङ । प्रदेश-१ को प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आठौं बैठक वैशाख ५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी हुन् ।

जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेका हुन् ।

मुख्यमन्त्रीले सोमबार बिहान बैठक आह्वान गरेका थिए । तर प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार तयार नदेखिएपछि अवरोध गरेको जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता जयराम यादवले जानकारी दिए ।

संसद अवरोध गर्नुअघि सम्बोधन गर्दै उनले सरकार आफ्नो खुट्टामा उभिन नसकेको बताए । सदनबाट पारित भएको बजेट कार्यान्यन गर्न नसक्ने प्रदेश सरकारले आफ्नो असक्षमता देखाएको उनले बताए । सरकारलाई जवाफदेही बनाउनका लागि बैठकमा अवरोध गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?