
१३ वैशाख, काठमाडौं । पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवालीले जारी गरेको सूचनामा विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेको र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4