+
+
Shares

पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १४:०७

१७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाका ६२ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?