+
+
Shares

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १५:१३

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिएका हुन् ।

उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले रामबहादुर थापा बादल आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि उनको पद रिक्त भएको थियो।

यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?