+
+
Shares

एमालेको सुनसरी इन्चार्जमा भगवती चौधरी पनि थपिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १६:०२

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन् ।

जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन् ।

तर, अपानि मार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ । ‘जिल्लामा एउटै इन्चार्ज हुन्छ । तर हामी सुनसरीमा दुई जना इन्चार्ज भयौ । यो अलिक भएन कि ?’, चौधरीले भनिन् । पार्टीभित्र अन्तरसंघर्ष गरेपछि इन्चार्जको भूमिका पाएको पनि उनले बताइन् ।

नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउँदै ओली आफू निकट नेताहरुलाई जिल्ला सहइन्चार्ज र इन्चार्जको जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?