+
+
Shares

डडेलधुरामा वैशाख १९ गतेदेखि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १७:०१
डडेलधुरा बजार

१७ वैशाख, धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए ।

यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?