+
+
Shares

मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १:०१

७ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिश गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?