+
+
Shares

नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १९:०९

१७ जेठ, वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए ।

यस्तै मानव अधिकारका लागि एकल महिला समूहले विदेशी दाताहरुको सहयोगमा पठाइएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन सिलिण्डर, अक्सिजन फ्लोमिटर, अक्सिजन मास्क १५/१५ थान, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क ४ सय थान अस्पताललाई हस्तान्तरण गरिएको मानव अधिकारका लागि एकल महिला समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?