३० जेठ, काठमाडौं । इंग्ल्याण्डका जुडे बेलिङ्हम युरोकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
१६ औं संस्करणको युरोकप अन्तर्गत नेपाली समय अनुसार आइतबार राति भएको क्रोएसिया विरुद्धको खेलमा बेलिङहमले उक्त कीर्तीमान बनाएका हुन् । उनले १७ वर्ष ३४९ दिनमा खेल्दै नेदरल्याण्ड्सका जेट्रो विलेम्सको कीर्तिमान तोडे ।
जेट्रोले सन् २०१२ मा १८ वर्ष ७१ दिनको हुँदा डेनमार्कविरुद्ध खेल्दै कीर्तिमान बनाएका थिए ।
लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा बेलिङहम ८२औं मिनेटमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका थिए । रहिम स्टर्लिङको एक मात्र गोलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० ले हराउँदै ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4