
८ असार, काठमाडौं । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ ।
अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए ।
प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।
शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।
यसअघि २५ जेठमा बौद्धको टाउन प्लानिङ वयस्क व्यक्तिको खुट्टा भेटिएको थियो । हालसम्म त्यो खुट्टा कसको हो भन्ने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4