+
+
Shares

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते ८:५०

१३ असार, धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६.९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?