
१३ असार, विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवनपछि विवाद हुँदा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार दयालुले शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुङ्गाले हानेको खुलेको छ ।
ढुङ्गा प्रहारपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । कोशी अस्पतालले अन्यन्त्र रेफर गरेको थियो । तर आफन्तले खर्च अभावका कारण अस्पताल नलगी घर फर्काएका थिए ।
टिनतालको आइतबार बिहान साढे ५ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराले मादक पदार्थ सेवन गरेर राति होहल्ला गर्न थालेपछि बुबाले सम्झाउन खोज्दा विवाद भएको थियो । विवादपछि दयालुले बुबा सुतेको ओछ्यानमा ढुङ्गाले प्रहार गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4