+
+
Shares

डोटी अस्पतालमा ओपीडी सेवा सुचारु

रासस रासस
२०७८ असार १३ गते १२:५८

१३ असार, डोटी । कोरोना महामारीका कारण बन्द रहेको डोटी जिल्ला अस्पतालको ओपीडी सेवा सुचारु भएको छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण कम्तीमा बन्द रहेको ओपीडी सेवा तीन महिनापछि सञ्चालनमा आएको हो ।

ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको डोटी जिल्ला अस्पतालले जनाएको छ । ओपीडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।

कोरोना सङ्क्रमणको दरमा केही कमी आएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी ओपीडी सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनका अनुसार ओपीडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?