+
+
Shares

धारा ७६ (५) को सरकार नबनी संसद विघटन हुँदैन : वरिष्ठ अधिवक्ता भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १३:०८

१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष शेरबहादुर देउवाले पेश गरेको आधार वैधानिक रहेकाले उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै धारा ७६ (५) को प्रधानमन्त्रीका लागि देउवाको आधार बलियो भएकाले उनलाई नियुक्त नगरी प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएकी हुन् ।

‘केपी ओलीलाई संसद विघटनको सिफारिस गर्ने अधिकार छैन । ७६(५) को सरकार नबनी विघटन हुनै सक्दैन’ उनले भनिन् ।

दलहरू मिलेर सरकार बनाउन नसकेपछि संविधानको धारा ७६(५) सांसदहरुले सरकार बनाउने व्यवस्था हो भन्दै उनले अदालतले त्यही अनुसार फैसला गर्नुपर्ने दावी गरिन् । ‘इतिहास रच्न बसेकाहरूले इतिहास भत्काए । अब अदालतबाट स्वतन्त्र र सही फैसला आउने अपेक्षा छ’ भण्डारीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?