+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरी महानिरीक्षकका ब्याचीले एसएसपीबाटै अवकाश पाए

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १३:३३
एसएसपी दिलीप चौधरीलाई बिदाइ गरिंदै

१३ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका एक अधिकृतले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाटै अवकाश पाएका छन् । लागूऔषध नियन्त्रणमा ब्युरोका एसएसपी दिलीप चौधरीले ५५ वर्षे उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेका कारण आफू एसएसपीबाट घर जानुपरेको उनले आरोप लगाएका छन् । २०७४ सालको निर्वाचनमा परिवारले सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई सहयोग नगरेको रिस आफूमाथि पोखिएको उनले टिप्पणी गरे ।

‘एमालेबाट चौधरी र कांग्रेसबाट विजय गच्छदार उम्मेदवार हुनुहुन्थ्यो, म सुनसरीमा पनि थिइँन,’ उनले भने, ‘परिवारले सहयोग नगर्दा र तत्कालीन सुनसरी एसपी विद्यानन्द माझी मेरो आफन्त भएकैले ममाथि प्रतिशोध साँधियो ।’

उनले प्रधानमन्त्री ओलीलाई भेट्न पटकपटक प्रयास गर्दा पनि नसकेको अनलाइनखबरलाई बताए । उनले भने, ‘आईजीपी, गृहसचिव लगायतलाई भेट्दा प्रधानमन्त्री नै सकारात्मक नभएको भन्ने सन्देश पाएँ ।’

प्रहरीमा यसखाले प्रवृत्ति कायमै रहे अन्य अधिकृतहरुको करियर पनि डामाडोल हुनसक्ने भएकाले आफूले त्यसबारे बोलेको चौधरीले बताए । उनी डीआईजीमा बढुवा भएको भए, थप महानिरीक्षकसँगै १९ वैशाख २०७९ मा अवकाश पाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?