+
+
Shares

भाजपा विदेश विभाग प्रमुख भन्छन् : नेपालका दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १५:३९

१३ असार, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पछिल्लो नेपाल भ्रमणको समयमा त्यसको शुरुवात भएपनि कोरोना महामारीका कारण रोकिएको बताए ।

उनले कोरोना महामारी सकिनासाथ दलहरुबीचको आदानप्रदानले निरन्तरता पाउने बताए । ‘दुई देशका राजनीतिक दलहरुको वीचमा हुने आदान प्रदानले दुईपक्षीय सम्बन्धलाई एकदमै सुदृढ बनाउँछ,’उनले भने, ‘यसले एक अर्कालाई बुझ्ने, सुदृढ बनाउने र केही असमझदारी छन् भने त्यसलाई हटाउन सहयोग गर्छ ।’ उनले नेपालले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अन्य राम्रो नेता नपाउने समेत बताए ।

नेता चौथाइवालेले केही राजनीतिक दल भारत आएर नेपाल फर्केपछि भारत विरोधी अभिव्यक्ति दिने गरेको बताए । उनले भाजपा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले नेपालका सबै राजनीतिक दलसँग सम्बन्ध गाँस्न चाहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?