
१३ असार, स्याङजा । स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ ।
आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र लाल बहादुरलाई आक्रमण गरेपछि उसलाई बचाउन प्रहरीले गोली हानी थियो । चितुवाको आक्रमणबाट घाइते भएका लाल बहादुर अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।
आइतबार बिहान ७ बजे खड्क बहादुर गाहा मगर खोरमा दाना लिएर जाँदा उक्त चितुवालाई देखेर प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4