
१३ असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले मस्तिष्काघात भइ उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।
नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4