+
+
Shares

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १३:२६

१४ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी गर्छौं’ उनले भने ।

आयोगको परीक्षा केन्द्र निर्देशनालयले सूचना जारी गर्दै कोरोना संक्रमण जोखिमका कारण चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत केन्द्र ताेकी परीक्षा सञ्चालन हुने भन्दै परीक्षार्थीलाई आफ्नो पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्न आह्वान गरेको थियो ।

आयोगको अनुसार यो वर्ष विभिन्न विषयमा अध्ययनका लागि ३२ हजार आठ सय जनाले प्रवेश परीक्षाको लागि आवेदन भरेका छन् । एमबीबीएसका लागि ११ हजार तीन सय जनाले प्रवेश परीक्षाको फाराम भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?