+
+
Shares

विपन्नलाई खाना खुवाउने हाम्रो टिम नेपालका १८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १६:२८

१४ असार, काठमाडौं । निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको जग्गामा बनेको टहरा लकडाउनअघिदेखि हाम्रो टिम नेपालले प्रयोग गर्दै आइरहेको थियो । त्यहाँ पार्क बनाउने भनी महानगरपालिकाले खाली गराउन खोजेको थियो । तर हाम्रो टिम नेपालका अभियन्ताले अवरोध गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?