+

सिन्धुपाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेको सहयोग

२०७८ असार  १४ गते १८:४० २०७८ असार १४ गते १८:४०
सिन्धुपाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेको सहयोग

१४ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग गरेका छन् । सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए ।

सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अस्थायी आवास निर्माणमा ती सामग्री प्रयोग गरिनेछ ।

‘सामग्री हस्तान्तरण गरेर मेलम्ची आएका छौं,’ व्यवस्थापक शिवाकोटीले अनलाइनखबरसँग भने । जथाभावी राहत हस्तान्तरण गर्दा समस्या भएको भन्दै प्रशासनले सहयोग सामग्री वितरणमा एकद्वार प्रणाली लगाएको छ ।

सन्दीप लामिछाने हेलम्बु गाउँपालिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय