+
+
Shares

बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १२:५०

१५ असार,बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)मा  अक्सिजन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त प्लान्टको लागत ५५ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । कोभिड–१९ को तेस्रो लहर आउने चर्चा चलिरहेको र यसले बालबालिकासहित सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको श्रेष्ठले बताए ।

प्लान्टबाट २४ घन्टामा २५ वटासम्म ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर रोटरीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?