+
+
Shares

विमलेन्द्र–शशांक–प्रकाशमान भेट : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १५:२७

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।

यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा पनि भेटवार्ता भयो ।

मंगलबार सिंहको चाक्सीबारीस्थित निवासमा भेटेका नेतात्रयले आगामी शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने तय गरेका छन् । त्यसपछि १३ औं महाधिवेशनमा सभापतिको उम्मेवारहरुसँग छुट्टाछुट्टै छलफल गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?