
१५ वैशाख, जनकपुरधाम । युथ कांग्रेस नेपालले प्रदेश-२ सरकारलाई पँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
युथ कांग्रेस अमेरिकाको सहयोगमा ती अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको युथ कांग्रेस नेपालका प्रदेश संयोजक रमेश राजले जानकारी दिए ।
उनले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
युथ कांग्रेसका प्रदेश संयोजक राजले यसअघि जनता स्वास्थ्य केन्द्र आइसोलेसन काठमाडौंलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4