
१५ असार, काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार साँझ काठमाडौंको धाेबीचौरस्थित पब्लिक युथ क्याम्पस अगाडि राँके जुलुस प्रदर्शन गरेको छ ।
सरकारको अधिनायकवादी र स्वेच्छाचारी कदम विरुद्ध र संसद् पुनर्स्थापनाको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी तीन जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेमा सागर खत्री, प्रज्वल अधिकारी र सागर भट्ट रहेका छन् ।
संसद विघटनको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध नेविसंघ लगायत पाँच विद्यार्थी संगठनको संयुक्त संघर्ष समितिले असार १६ गते देशभर प्रदर्शन गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4