+
+
Shares

सभामुख सापकोटाले भने– बृहत्तर राष्ट्रिय एकताको खाँचो छ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १२:२३
संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख अग्नि सापकोटा । तस्वीर : सभामुखको सचिवालय

१ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दा फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

‘हामीले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नको लागि र संविधान जारी भएपछि जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि हरेक हिसाबले बृहत् राष्ट्रिय एकताको खाँचो छ’, उनले भने ।

यही साउन ३ गते बोलाइएको संसद अधिवेशनको तयारीबारे स्थलगत अवलोकन गर्न उनी संसद भवन पुगेका हुन् । उनले संसद भवनको सभाकक्ष लगायतको अवलोकन समेत गरेका छन् ।

संसद अधिवेशन शुरु हुनुअघि शुक्रबार सभामुख, सांसद लगायतको एन्टिजेन परीक्षण पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?