+
+
Shares

एमाले स्थायी कमिटी बैठकमा नेपाल समूहका कार्यदल सदस्यहरु पुगे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १२:३४

१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु पार्टी स्थायी कमिटी बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका थिए । माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भयो ।

बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका हुन् ।

बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेताहरुले बताएका छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?