
१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७/७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७/७८ मा भन्सार राजस्व संकलनमा १०१ प्रतिशत प्रगति भएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4