+
+
Shares

बीमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १५:३०

१ साउन, काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । शुक्रबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन  गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात गर्दै यो चरणमा आइपुगेका हौं, उनले भने, ‘यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ ।’

शारीरिक सक्रियतालाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने भन्दै सिलवालले यो समयको वचतसँगै इमान्दार व्यावसायिक प्रयास भएको बताए ।

बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिन भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग प्रभावकारी हुने बीमा समितिको विश्वास छ ।

समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभई सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट दैनिक, मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् ।

यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पत्ति शुद्धीकरण, बीमालेख तथा बीमाङ्की, अण्डराइटिङ, वित्तीय लेखा परीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?