+
+
Shares

निलम कार्की निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १०:०३

३ साउन, काठमाडौं । निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ। कर्णाली प्रदेश अन्तर्गत हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ सांस्कृतिक उपन्यास हो।

हुम्लामा नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा ‘द्रौपदी अवशेष’ उपन्यास गत शुक्रबार विमोचन गरिएको थियो। उपन्यासका सम्बन्धमा लेखक कार्की भन्छिन्, ‘जुन माटोको कथा थियो, त्यहीँ लोकार्पण भएकोमा म निकै खुसी छु।’

उनले उपन्यास लेख्ने सन्दर्भमा स्थानीयबाट प्राप्त सहयोगप्रति सबैमा आभार प्रकट गरिन्। हुम्लामा हिमपातका कारण ‘मेरा पात्र’ हुम्लाबाट नेपालगञ्जका लागि जहाज चढ्न नसकेको दृश्य पुस्तकमा छ।

उनले भनिन्, ‘बहुपति प्रथा एक संस्कृति हो। भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष–परोक्ष सम्बन्ध छ। यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठकसामु पुर्‍याउने मेरो सानो प्रयास मात्र हो – द्रौपदी अवशेष।’

हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाबारे लेखिएको यस कृतिको विषयमा हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले लेखेका लेख्छन्, ‘उपन्यासकारले यस कृतिमार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक व्यवहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रूपमा ढालेर बाह्य जगतलाई बोधगम्य बनाउने जुन चेष्टा गर्नुभएको छ, त्यो साह्रै सराहनीय कार्य हो।’

हुम्लामा पानी परिरहेकाले नेपालगञ्जबाट हुम्लाका लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला हुम्ला पुगेको उनले बताए। यही वास्तविकतासँगै समाज अगाडि बढिरहेको उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?