+
+
Shares

रवीन्द्र मिश्रको प्रस्तावमा विवेकशील साझाकै नेताहरु असन्तुष्ट

संयोजक पाण्डे भन्छन् – उहाँको धारणासँग पार्टीको नाता छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १६:५५

११ साउन, काठमाडौं । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ ।

विशेषतः विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाएका छन् । पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको उनीहरुको आरोप छ ।

पार्टीका संयोजक मिलन पाण्डेले पनि संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव मिश्रको व्यक्तिगत धारणा मात्र भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘उहाँले राख्नु भएको धारणाको पार्टीसँग कुनै नाता छैन, यो पार्टीको लाइन पनि होइन ।’

उनले विवकेशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदा जारी गरिएको घोषणापत्र स्मरण गर्न सुझाए । ‘घोषणा पत्रमै विवकेशील साझा पार्टी संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी हो भनेका छौं, हिजो भएका आन्दोलनका उपलब्धीलाई रक्षा गर्छौं भनेका छौं’ उनले भने, ‘यो मिलन पाण्डेको होइन, पार्टीको लाइन हो ।’

पाण्डेकै समूहका अर्का एक नेताले पनि अध्यक्ष मिश्रको प्रस्ताव पार्टीको एजेण्डा नै नबन्ने दाबी गरे । दस्तावेजमा उल्लेख गरेको पूर्वराजासम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै उनले भने, ‘‘व्यक्तिले चाहँदैमा जे मन लाग्यो, त्यो एजेण्डा बन्दैन ।’

उनका अनुसार मिश्र पक्षकै कतिपय नेताहरुले पनि उनको दस्तावेजमा असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?