
११ साउन, सुर्खेत । सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका-५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–५, का २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रासद घर्तीले जानकारी दिए ।
उनका अनुसार गणेशचोक स्थित सडक बाटोमा शंकाष्पद रुपमा हिडिरहेका उनीहरुको शरीर चेकजाँच गर्दा सन्दिपको शरिरमा छिपाई राखेको ३ पुरिया ब्राउन सुगर फेला गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4