+
+
Shares

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते ७:०७

१२ साउन, काठमाडौं । आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ । त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ । आजको बैठकमा नयाँ कार्यतालिकाबारेसमेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?