
फाइल तस्वीर
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए ।
गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए । निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकाले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4