+
+
Shares

टिचिङ अस्पतालमा पेट र आँखा जचाएर फर्किइन् राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १२:०८

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’

राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण अस्पताल गएकी थिइन् ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीले आँखा र पेटको जाँच गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?