+
+
Shares

आधारभूत अस्पतालका लागि जग्गा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १८:४४

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरी पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘…आधारभूत अस्पताल निर्माणको लागि आवश्‍यक जग्गाको सुनिश्‍चितता र डीपीआर तयार गरी यथाशीघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनको लागि आह्वान गरिन्छ ।’

साथै डीपीआर तयारी गरी पेश गरिएका स्थानीय तहलाई मात्र बजेटको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३९६ वटा निर्माण प्रक्रिया थाले पनि सम्झौता भइसकेको छैन । यस्तै बाँकी २५९ वटा स्थानीय तहहरुले जग्गाको सुनिश्‍चितता र डीपीआर समेत तयार गरेका छैनन् ।

हेर्नुस् मन्त्रालयका नीति योजना अनुगमन महाशाखाले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?