+
+
Shares

६ बुँदे सहमतिपछि सानेपामा अनशनरत कांग्रेस नेताले अनशन तोडे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १९:३१

१२ साउन, काठमाडौं । क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन तोडेका छन् ।

१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका डा.  चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएको छ ।

उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । आफूहरुमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडेको यादवले जानकारी दिए ।

उनले जिल्ला छानविन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे ।

‘बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानविन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नुहुनेछ’ उनले भनेका छन् ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले अनशन बसेकाहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘क्रियाशील सदस्यता वितरणमा उहाँहरुले राख्नु भएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।’

पार्टीको जिल्ला छानविन समितिको निर्णय अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरु पार्टी अनशन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?