
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
उनीहरुबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4