+
+
Shares

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

बुक क्लोज भोलि

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते ९:१३

१३ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो ।

यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट दिने भनेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश हात पार्नेछन् ।

लाभांश लगायतका प्रस्ताव पारित गर्न कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको राखेको छ । आजसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?