+
+
Shares

७० करोड नतिर्ने करदाताको घर र कार्यालयमा काठमाडौं महानगरको माइकिङ

समयमा कर नतिरे शिलबन्दीको योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १४:०७

१३ साउन, काठमाडौं । महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले  माइकिङ सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।
‘यसअघि हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्‍यौँ । अनुरोध गर्‍यौँ । तर, उहाँहरुले विवरणसम्म पनि बुझाउनु भएन,’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भने।

उनका अनुसार पहिलो चरणमा नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लव, वडा १३ को काठमाडौं इञ्जिनियरिङ कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन् । बाँकीले सम्पर्क पनि गरेका छैनन् ।

यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठीन रहेको उनले बताए । ‘तर, हामीले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौं,’ उनले भने ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एनआरटी क्लब र युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एलआरआई स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८का काठमाडौं प्लाजा र नेपाल सेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि. र स्टार मल छन् ।

यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?