+
+
Shares

बारामा शंकास्पद अवस्थामा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १५:०३

१३ साउन, वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ ।

पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘शरीरमा चोटपटक देखिएको छैन, घाँटीमा सल त बेरिएको छ ।’ उनले भने ‘ घटना शंकास्पद छ, अनुसन्धान गरिरहेका छौं ।’

प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उनले बताए । स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?