+
+
Shares

प्रतिगमन स्वीकार्दैनौं, कमल थापाजीहरू खुसी हुन जरुरी छैन : मिलन पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते ६:३२

१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् ।

अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेपछि राजनीति संयोजक पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ’ पाण्डेले सामाजिक सन्जालमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ ।’

संयोजक पाण्डेले पार्टीले र देशले प्रतिगमन नस्वीकार्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन ।’

उनी थप लेख्छन्, ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन ।’

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेज गर्न, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावमा राप्रपा अध्यक्ष कमल थापा, एमाले नेताहरु महेश बस्नेत र गोकुल बास्कोटाले समर्थन जनाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?