+
+
Shares

देउवालाई काबिल सहयोद्धा छान्न माधव नेपालको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १२:३३

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए ।

प्रमुख अतिथिको रुपमा सहभागी देउवातर्फ हेर्दै नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

आफू २००९ मेदेखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेको र त्यो अवधिमा प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएको कुराप्रति आफूलाई गौरववोध पनि हुने गरेको नेपालले बताए ।

कार्यक्रममा सहभागी राप्रपाका नेता दीपक बोहोराको नामै लिएर नेता नेपालले उनीजस्तो प्रतिबद्ध मन्त्री नभएको भए आफूले गौरव गर्न लायक काम गर्न नसक्ने भनाइसमेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?