+
+
Shares

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १३:२५

१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?