+
+
Shares

कैलालीमा लागुऔषसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १४:०७

१५ साउन, धनगढी । कैलाली प्रहरीले लागुऔषधहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका–५ को कौवाखेडा घाटबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लाको गंगानगर ग्रामपञ्चायत रणनगर गाउँका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।

सिंहलाई विशेष सूचनाको आधारमा जिल्ला र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले युपी ३१ एएफ८१६७ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा १२ ग्राम छ सय ३० ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको बिष्टले बताए ।

उनीविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?